साफ महिला च्याम्पियनसिप फुटबल : आज नेपाल र भुटान खेल्दै

NAWALPUR TIMES

साफ महिला च्याम्पियनसिप फुटबल : आज नेपाल र भुटान खेल्दै
asdfga

कावासोती  । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समयअनुसार साढे ५ बजे सुरु हुनेछ ।

हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो ।  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् ।  समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology