काठमाडौं । १३ औं संस्करण साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा आयोजना हुने भएको छ । यसअघि नेपाल र माल्दिभ्सले प्रतियोगिता गर्न प्रस्ताव गरेका थिए । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३ औं साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ ।
नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो । अब साफ भने माल्दिभ्समा हुने भएको छ ।
											
											प्रकाशित :  २०७८ साउन  २५ गते १८:१२
										
										
										
	
										
										  
							 
						
Facebook Comment