साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलि घोषणा

NAWALPUR TIMES

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलि घोषणा
1632666630467

काठमाडौं । आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुन लागेको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा २३ सदस्यीय टिम सहभागी हुने भएका छन् ।

आइतबार मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसीपका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

हाल नेपाली राष्ट्रिय फुटबल टिम कतारमा रहेका छन् । उनीहरु बन्द प्रशिक्षणका लागि कतारमा छन् । आगामी माल्दिभ्समा हुने प्रतियोगितामा नेपाली टोली त्यतैबाट माल्दिभ्स प्रस्थान गर्नेछ ।

२३ सदस्यीय नेपाली टिमभित्र गोलरक्षकत्रय किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यसैगरी टिममा आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ रहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology