सांस्कृतिकस्थल खुला गर्न विश्व हिन्दू महासंघकाे माग

NAWALPUR TIMES

सांस्कृतिकस्थल खुला गर्न विश्व हिन्दू महासंघकाे माग
1598578878.pashupatinath sm pilgrims

काठमाडाैं। विश्व हिन्दू महासंघले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्यलगायत धार्मिकस्थल बन्द गरिएकामा आपत्ति जनाएको छ।

 

महासंघले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ।

 

महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो।

 

बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ।

 

पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाए पनि सरकारले खोल्ने अनुमति दिएको छैन। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology