सर्वोच्चले संसद पुन:स्थापनाको पक्षमा फैसला गर्छ : महामन्त्री कोईराला

NAWALPUR TIMES

कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सर्वोच्च अदालतले संसद पुन:स्थापनाको पक्षमा फैसला गर्ने बताएका छ्न । शुक्रबार सहिद दिवसको अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पुर्वी नवलपरासीले कावासोतीमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै कोइरालाले यस्तो बताएका हुन ।

“केपि ओलीले संविधान विपरीत संसद विघटन गरेको हुँदा सर्वोच्चले पनि संविधान अनुसारनै संसद पुनर्स्थापना गर्ने कुरामा नेपाली काङ्ग्रेस विश्वस्त छ, हिजो बिपिले पनि अदालतको विश्वास गर्नु भएको हो, आज हामी पनि सर्वोच्चलाई विश्वास गरौं फैसला संविधान अनुसारनै आउछ” कोइरालाको भनाई थियो । पन्चायतकालमा पनि सर्वोच्चले लोकतन्त्रको पक्षमा धेरै फैसलाहरु गरेको स्मरण गर्दै कोईरालाले यसपटक पनि सर्वोच्चले संविधान अनुसार संसद पुन:स्थापना  गरेर लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णु लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने १ सय ५ जनालाई महामन्त्री कोइरालाले काङ्ग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology