सर्वोच्चको फैसला स्वागत योग्य : देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ११ गते १९:१४
सर्वोच्चको फैसला स्वागत योग्य : देउवा
1614086866629

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले  अदालतको फैसलाको प्रशंसा गर्दै काँग्रेसले निर्णयको स्वागत गर्ने बताए ।

सर्वोच्च अदालतको फैसला स्वागत योग्य छ, काँग्रेस यो फैसलाको स्वागत गर्छ,’ देउवाले  भने । उनले अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेको जनाउँदै उनले काँग्रेसले आफ्नो निर्णयमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको  कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको प्रतिक्रिया दिए ।

ओलीले चालेको असंवैधानिक कदमका बारेमा काँग्रेसले वडा स्तरदेखि देशव्यापी विरोधका कार्यक्रम समेत गरेको उनले स्मरण गराए ।

प्रकाशित : २०७७ फागुन ११ गते १९:१४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI