सर्पले डस्‍दा बालिकाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २६ गते ११:५५
सर्पले डस्‍दा बालिकाको मृत्यु
snake EpuhAYkRRO

नवलपरासी : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका-३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।

राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पुर्‍याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए । भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए । रासस

प्रकाशित : २०७८ असार २६ गते ११:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI