सर्दीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

NAWALPUR TIMES

सर्दीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु
1622706874675

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दी पाखापानीमा गए राति लु ५५ प ९८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी पाल्पा माछागढी निवासी २७ बर्षीय हर्कबहादुर डिस्वा मगरको मृत्यु भएको हो ।

मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका सर्दी निवासी २७ बर्षीय कपिल भुसाल र मोटरसाइकलमा सवार २८ बर्षीय सागर भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology