सरकारी सर्भरमा विदेशी ह्याकरको निरन्तर ‘अट्याक’

NAWALPUR TIMES

सरकारी सर्भरमा विदेशी ह्याकरको निरन्तर ‘अट्याक’
102913472 GettyImages 527099781 scaled

काठमाडौं । नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो।

राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले पटक९पटक प्रयास भइरहेको बताए।

‘विदेशी ह्याकरहरूले पटक९पटक अट्याक गरिरहेका छन्। जसका कारण केन्द्रीय सर्भर डाउन भइरहेको छ। हाम्रा प्राविधिक साथीहरूले सर्भर सुरक्षाका लागि निरन्तर खटिरहनुभएको छ,’ उनले भने।

ह्याकरले पहिलोपटक शनिबार १२ बजेतिर अट्याक गरेको राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीले बताए।

झन्डै पाँच घन्टापछि रिकभर भएको सर्भर फेरि साढे ७ बजे ह्याकरको अट्याककै कारण बन्द भएको ती अधिकारीको भनाइ छ।

‘सुरुमा हेर्दा सामान्य प्राविधिक समस्या होला भन्न ठानेका थियौं। तर पटकपटक सर्भरमाथि अट्याक प्रयास भइरहेको छ। डेटा सुरक्षाका लागि भए पनि साथीहरू खटिरहुनभएको छ,’ ती अधिकारीले भने।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology