समुन्नत महिला कृषक समुहको सार्वजनिक सुनुवाइ तथा कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

समुन्नत महिला कृषक समुहको सार्वजनिक सुनुवाइ तथा कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न
received 3391258704432989

होमनाथ पौडेल/देवचुली 
देवचुली नगरपालिका वार्ड नं.९ विशालटारमा रहेको समुन्नत महिला कृषक समुहले आज मंगलबार संस्थाको अध्यक्ष तारादेवि काफ्लेको अध्यक्षता तथा वडा नं.९ का वडाध्यक्ष मेखबहादुर थापा सारु मगरको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। कृषि ज्ञान केन्द्र, तनहुँ, गण्डकी प्रदेशको आलु खेती प्रवर्द्धन विशेष कार्यक्रम अन्तरगत रू.३,६४,२५६.२५/- आर्थिक सहयोग र कृषक समुहको तर्फबाट रू.१,२१,४१८.७५/- को लागत साझेदारी गरि जम्मा रू. ४,८५,६७५/- मा सम्पन्न भएको कामको आज सार्वजनिक सुनुवाई भएको हो। यस समुहको नेतृत्वमा ४००० किलोग्राम आलु लगाइएको र अब देवचुली-९ आलुमा आत्मनिर्भर हुने संस्थाकी अध्यक्ष काफ्लेले बताउनुभयो।
त्यसैगरी आज नै समुन्नत महिला कृषक समूहले विविध कृषि सामाग्री समेत आफ्ना सदस्यहरुलाई वितरण गरेको छ। जसअन्तर्गत टु इन वान ट्याङ्की, मल, भिटामिन, ढुसीनाशक औसधि लगाएतका ५५,०००/- मूल्य बराबरको सामाग्री वितरण गरिएको हो। हाल उक्त समुहमा ४२ जना सदस्य रहनुभएको छ भने समुहले तत्कालै दुई वटा उपसमुह समेत गठन गर्दैछ।।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology