समाचार प्रभाव : राजनीतिक सल्लाहकारको सेवा सुविधा नलिने ढुंगानाको भनाई

NAWALPUR TIMES

समाचार प्रभाव : राजनीतिक सल्लाहकारको सेवा सुविधा नलिने ढुंगानाको भनाई
AddText 09 03 01.07.52

कावासोती । चौतर्फी विरोध भए पछि कावासोती नगरपालिकाका राजनैतिक सल्लाहकार रामकृष्ण ढुङ्गानाले राजनैतिक सल्लाहकारको हैसियतमा पाउने सेवा सुविधा नलिने बताएका छन ।

नेकपा एमाले कावासोती नगर कमिटीका अध्यक्ष समेत रहेका ढुङ्गानालाई कावासोती नगरपालिकाले ऐन विपरीत राजनीतिक सल्लाहकार राखेर शाखा अधिकृत सरह सेवा सुविधा दिएको समाचार गत भदौ ११ गते नवलपुर टाईम्समा प्रकाशित भएको थियो ।

समाचार प्रकाशनको एक साता पछि ढुंगानाले विज्ञप्ति निकाल्दै आफुले एमाले नगर अध्यक्षको रुपमा सेवा सुविधा नलिएको र आफ्नो सेवा सुविधाका विषयमा नगरपालिकाले प्रष्ट पार्ने बताएका हुन । उनले विज्ञप्तिमा आफू राजनीति सल्लाहकारको पदमा रहदा सम्म राजनीतिक सल्लाहकारलाई दिने भनिएको सेवा सुविधा समेत नलिने बताएका छ्न ।

ढुङ्गानालाई कावासोती नगरपालिकाले गत जेठ २२ गते नगरप्रमुखको राजनीतिक सल्लाहकार नियुक्त गरि शाखा अधिकृत सरह सेवा सुविधा दिने निर्णय गरेको थियो ।

नगरपालिका र गाउँपालिका संचालनको कार्यविधि र ऐन प्रदेश सरकारले व्यवस्था गरेअनुसार हुने व्यवस्था छ । गण्डकी प्रदेशमा पालिकाहरुले राजनैतिक सल्लाहकार र कानूनी सल्लाहकार राख्ने व्यवस्था गरेको छैन । पालिका प्रमुखले स्वकिय सचिव नियुक्ति गरेर सेवा सुबिधा दिने व्यवस्था गरेको छ । गण्डकीमा अधिकांस पालिका प्रमुखले खरिदार सरह सेवा सुबिधा दिने गरि स्वकिय सचिव राखेका छन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology