सभा, जुलुस तथा भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्न सरकारको आग्रह

NAWALPUR TIMES

सभा, जुलुस तथा भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्न सरकारको आग्रह
1616329769599
काठमाडौं, ८ चैत । केही सातादेखि छिमेकी देशहरुमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले सभा, सुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भीडभाड हुने व्यवसाय नगर्न आग्रह गरेको छ ।

आइतबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले प्रेस विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेका हुन् । सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हातमुख धुनका लागि पनि आग्रह गरेको छ ।

 

‘विगत केही हप्तादेखि विश्वभरी, खासगरी छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दो देखिएको छ’, जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नुहुन र सामाजिक भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत यस मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरु समेत पालना गरी कोभड–१९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा हार्दिक अनुरोध छ ।’

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितहरुको कुल संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । जसमध्ये २ लाख ७१ हजार ९२१ संक्रमतिहरु निको भइसकेका छन्, भने ३ हजार १६ संक्रमितको मृत्यु भइसकेको छ । हाल नेपालमा ९ सढ ६९ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् ।


थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology