काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित : २०७७ मंसिर १५ गते ७:५७
Facebook Comment