सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै

NAWALPUR TIMES

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै
Sandeep Lamichhane JT CPL 1

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आज अन्तिम सुनुवाइ हुँदैछ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन।

सन्दीपले नाबालिग गौशाला २६ (प्रहरीले दिएको नाम) लाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका छन्। नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology