सन्दीपविरुद्ध मुद्दामा थप कागजात झिकाउन आदेश

NAWALPUR TIMES

सन्दीपविरुद्ध मुद्दामा थप कागजात झिकाउन आदेश
images

कावासोती । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार पनि सुनुवाइ भएन । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पीडित किशोरीको जन्मदर्ता र बसाइँको सम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।

न्यायाधीश कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप कागजात झिकाउन आदेश दिनुभएको हो । यसअघि भदौ १० गते न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउने सूचीमा परेको थियो ।

सर्वोच्च अदालतले फास्ट ट्याकबाट मुद्दाको सुनुवाइ गर्न भने पनि जिल्ला अदालत काठमाडौँमा पटक–पटक मुद्दाको पेशी सर्दै आएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology