सन्दिप लामिछानेमाथि १५ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन् उजुरी

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २२ गते ८:२७
सन्दिप लामिछानेमाथि १५ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन् उजुरी
gettyimages 1197438049 2048x2048 1
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।

लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो ।

गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको जनाइएको छ ।

‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले बलात्कारको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरेर अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले बतायो ।

क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दिपले बलात्कार गरेको जनाइएको छ । उनले सामाजिक संजालमार्फत किशोरीलाई चिनजान गरेको र पछि भेटेर प्रलोभन देखाइ जबरजस्ती गरेको जनाइएको छ ।

बलात्कारको घटना पीडितकी साथीले सुरुमा बाहिर ल्याएको बुझिएको छ ।

प्रकाशित : २०७९ भदौ २२ गते ८:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI