सडक विस्तारको काम अलपत्र पारेको भन्दै सरकार र ठेकेदारविरुद्ध नाराबाजी

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १४ गते १६:४०
सडक विस्तारको काम अलपत्र पारेको भन्दै  सरकार र ठेकेदारविरुद्ध नाराबाजी
thumb 8

कावासोती। महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडक विस्तारको काम अलपत्र पारेको भन्दै स्थानीयले सरकार र ठेकेदारविरुद्ध नाराबाजी गरेका छन् ।

सडक विस्तारको काम थालेको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्नेमा करिब ५ वर्ष पुग्दासम्म पनि ३५ प्रतिशत भन्दा बढी काम गर्न नसकेको भन्दै ठेकदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनविरुद्ध मंगलबार भेडाबारीमा स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए ।

सरकारको बेवास्ता र ठेकदारको चरम लापरबाहीविरुद्ध दबाब दिन आज गैंडाकोट नगरपालिका ११ भेडाबारीमा स्थानीयले आधाघन्टा चक्का जाम गरेर विरोध जनाएका हुन् । राजमार्ग ठप्प पार्दा यात्रुले समेत साथ दिएको स्थानीय लुकास धितालले बताए ।

प्रकाशित : २०८० कार्तिक १४ गते १६:४०

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI