सडकमा पानी नहालेको भन्दै चक्काजाम

NAWALPUR TIMES

सडकमा पानी नहालेको भन्दै चक्काजाम
1710380046961

कावासोती । नारायणगढ-बुटवल राजमार्ग स्थित गैंडाकोटमा धुलोले हैरानी भएपछि चक्काजाम गरिएको छ । गैंडाकोट ९ थुम्सिमा स्थानियले निर्माणाधिन सडकमा पानी नहालेको भन्दै बुधवार साँझ चक्काजाम गरेका हुन् ।

बाटोमा उडेको धुलोले स्वास्थ्यमा असर गरेको, समयसमयमा पानी नहालेको, काम सुस्त गतिमा गरेको भन्दै सडक बन्द गरि विरोध जनाउनुपरेका स्थानीयले बताएका हुन् ।

यस राजमार्ग विस्तारको लागि पटक पटक म्याद थप गर्दा समेत निमार्णको जिम्मा पाएको चाइना स्टेज कन्ट्रक्सनले कामलाई तिब्रता दिएको छैन । धुलो र खाल्टोले यात्रु देखि स्थानियलाई समेत हैरान भएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology