सडकको खाल्डो पुरेर कालोपत्रे नगरे चिनियाँ कम्पनीको सवारी चल्न नदिने भन्दै स्थानीय आन्दोलित

NAWALPUR TIMES

सडकको खाल्डो पुरेर कालोपत्रे नगरे चिनियाँ कम्पनीको सवारी चल्न नदिने भन्दै स्थानीय आन्दोलित
IMG 20211026 105027

कावासोती । पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खन्डको देवचुली नगरपालिका क्षेत्रमा पर्ने सडक अत्याधिक बिगृएको भन्दै तत्काल सडक मर्मत नगरे चिनियाँ कन्स्ट्रक्सन कम्पनीको सवारी साधन चल्न नदिने भन्दै स्थानीय आन्दोलित भएका छ्न ।

नारायणघाट देखि कावासोती सम्मको सडकमा शाश्वत धाम देखि लोकाहा पुल सम्मको सडक अत्याधिकरुपमा बिगृएर सडकमा खाल्डाखुल्डी
भएको र अत्यन्तै धुलो उडने गरे पछि स्थानीय ले चिनियाँ कन्स्ट्रक्सन कम्पनीको करिब एक दर्जन सवारी साधनलाई एक घण्टा सडकमै रोकेका हुन । माटो र गिटि हालेर सडकका खाल्डा खुल्डी पुर्दा
पानी पर्दा हिलो र घाम लाग्दा धुलोले आक्रान्त भएका स्थानीयले कालोपत्रे गरेर खाल्डाखुल्डी पुर्नु पर्ने माग राख्दै आन्दोलन गरेको एक स्थानीय बताउछ्न ।

स्थानीयले सवारी रोकेर कालोपत्रे नगर्दा सम्म चल्न नदिने बताए पछि तत्कालनै कालो पत्रे गर्ने निर्माण कम्पनी चिनियाँ कन्स्ट्रक्सन कम्पनीले जनाएको छ ।बुटवल नारायणघाट सडकको आयोजना प्रमुख रमेश दिष्टीले खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने काम सुरु भएकाले बिगृएर खाल्डाखुल्डी भएको सडक मर्मत गरेर तत्काल कालोपत्रे गर्ने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology