सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १५ गते १८:२१
सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)
1648556653666

३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ ।

म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ ।

म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेहरुको मंगलबार शारीरिक परीक्षण गरिएको छ । शारीरिक परीक्षणमा उत्तीर्ण भएकाहरुको थप परीक्षा लिएर २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ ।

उनीहरुलाई तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

हेर्नुहोस नवलपुरमा म्यादी प्रहरी छनौट प्रक्रिया स्थलमा पुगेर हाम्रा सहकर्मी राजु चापागाईं “राज”ले क्यामेरामा कैद गर्नु भएका तस्बिरहरु

प्रकाशित : २०७८ चैत १५ गते १८:२१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI