सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पनि बन्दाबन्दी नहुने

NAWALPUR TIMES

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पनि बन्दाबन्दी नहुने
swasthya mantralaya

काठमाडौं, असोज १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पनि बन्दाबन्दी नगरी तिनको व्यवस्थापन गर्न सकिने बताएको छ ।

यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय संक्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने बताउँदै सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारे । सक्रिय संक्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको छ । सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म बन्दाबन्दी तथा भदौ ४ गतेदेखि अन्तिम सातासम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको थियो ।

उनका अनुसार सक्रिय २५ हजार संक्रमित भएका खण्डमा ५ हजार लक्षण भएका संक्रमित रहने छन् । तिनलाई आवश्यक शय्या सरकारसंँग छ । अहिले ८२ हजार ४५० जना संक्रमितमध्ये २१ हजार २३४ जना सक्रिय संक्रमित छन् । यस्तै ६० हजार ६९६ जना निको भएका र ५२० जनाको संक्रमणको कारणले निधन भएको छ । अहिले २ हजार ६०० सघन उपचार कक्ष, ९०० ओटा भेन्टिलेटर र २० हजार ७६५ ओटा आईसोलेशन शय्या छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology