संसारकै सबैभन्दा अग्लो भवनमा नेपालको झण्डा झलमलाइने

NAWALPUR TIMES

संसारकै सबैभन्दा अग्लो भवनमा नेपालको झण्डा झलमलाइने
images 1 3

संविधान दिवसको अवसरमा ३ असोजमा संसारकै सबैभन्दा अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा भोलि साँझ नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा भोलि बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको युएईस्थित नेपाली राजदूतले जनाएको छ । युएईस्थित नेपाली दूतावासको अनुरोधमा गतवर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology