संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा झलमलायो

NAWALPUR TIMES

संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा झलमलायो
IMG 20200919 225308

युएई । छैटौं संविधान दिवसको अवसरमा युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाएको छ।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा आज साँझ ८ः१५ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफा र  ८ः०० बजे अबुधाबीस्थित  एड्नोक हेट अफिस भवनमा नेपालको राष्ट्रिय झण्डा १ मिनेट झलमलाइएको हो।

नेपालको झण्डा हेर्न थुप्रै नेपालीहरु बुर्ज खलिफा र एड्नोक हेट अफिस भवन आवुधावी पुगेका थिए। संसारकै सबैभन्दा अग्लो टावर वुर्ज खलिफामा तोकिएको समयभन्दा १५ मिनेट ढिलो नेपाली राष्ट्रिय झण्डा झलमलाएको थियो।

युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्ष पनि संविधान दिवस तथा राष्ट्रिय दिवसमा बुर्ज खलिफा र एड्नोक हेड अफिस भवन आवुधावीमा नेपालको राष्ट्रिय झण्डा झलमलाइएको थियो। युएई सरकारले निशुल्क नेपाली राष्ट्रिय झण्डा झलमलाइ दिएकोमा नेपाली दूतावासले धन्यवाद व्यक्त गरेको छ। बुर्ज खलिफामा उचाई ८२९.८ मिटर रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology