संसद सचिवालयमा गरिएको परीक्षणमा १४ सांसदसहित ६५ जनामा कोरोना पुष्टि

NAWALPUR TIMES

संसद सचिवालयमा गरिएको परीक्षणमा १४ सांसदसहित ६५ जनामा कोरोना पुष्टि
1620396350242

काठमाडौं । संघीय संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

स्वाब संकलन गरिएका मध्ये ६ सय १३ जनाको रिपोर्ट आउँदा १४ सांसदसहित संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

 

त्यस्तै, बाहिरै स्वाब परीक्षण गराएका केही सांसदहरुमा पनि कोरोना पोजिटिभ देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते स्वाब संकलन गरिएको थियो ।

कोरोना पोजिटिभ देखिएका सांसदहरुलाई कसरी विश्वासको मतको प्रक्रियामा सहभागी गराउने भन्नेमा संसद सचिवालय अन्योलमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology