संसद विघटन असंवैधानिक भएको भन्दै सच्चाउन महामन्त्री कोइरालाद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

NAWALPUR TIMES

संसद विघटन असंवैधानिक भएको भन्दै सच्चाउन महामन्त्री कोइरालाद्वारा राष्ट्रपतिको ध्यानाकर्षण
FB IMG 1608443206120

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोईरालाले प्रधानमन्त्रीको संसद बिघटन गर्ने प्रस्ताब घोर अप्रजातान्त्रीक र असंबैधानिक कदम भएको बताउदै कार्यान्वयन नगरी यो गलत कदमलाई सच्चाउन राष्ट्रपतिलाई आग्रह गरेको छन ।

प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठकवाट निर्णय गरेर संसद बिघाटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरे पछि नवलपुर टाईम्स सँगको कुराकानीमा कोईरालाले यस्तो बताएका हुन ।

“दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्‍त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवारपूर्ण छ। यसले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउनसक्छ। यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्छ”, कोईरालाले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology