संसद विघटनको विरोधमा जसपाद्वारा पुर्वी नवलपरासीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १० गते १६:१७
संसद विघटनको विरोधमा जसपाद्वारा पुर्वी नवलपरासीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
received 464408144961789

कावासोती । जनता समाजवादी पार्टी जसपा पुर्वी नवलपरासिले संसद विघटनका विरोधमा कावासोतीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

संसद् विघटनको विरुद्धमा जसपा पुर्वी नवलपरासिले शुक्रबार कावासोती इन्द्रचोकमा विरोध सभाको आयोजना गरि विभिन्न विरोधका नारा लगाउदै पुत्ला दहन गरेको हो । कार्यक्रममा सहभागि कार्यकर्ताहरुले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, राष्ट्रपति संस्थाको मर्यादा कायम गर , संघिय लोकतान्त्रिक गणतन्त्रहरु एक हौँऔँ , संवैधानिक मूल्य मान्यताको रक्षा गर जस्ता नाराहरु लगाएका थिए ।

जसपा पुर्वी नवलपरासिका उपाध्यक्ष जगतकाजी गुरुङको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा जसपाका केन्द्रिय सदस्य रुद्र बहादुर गुरुङको विशेष उपस्थिति रहेको थियो । बुधबार देखि सुरु भएको चरणबद्ध आन्दोलन अन्तर्गत पौष ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २०७७ पुष १० गते १६:१७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI