संसद् अधिवेशन हठात् अन्य गरेर अध्यादेश ल्याउनु गलत : गगन थापा

NAWALPUR TIMES

संसद् अधिवेशन हठात् अन्य गरेर अध्यादेश ल्याउनु गलत : गगन थापा
GAGAN THAPA

‘हिजो ओलीले ल्याउँदा गलत भन्ने कसैलाई पनि आज समर्थन गर्ने हक छैन, समर्थन गर्ने भए सार्वजनिक माफी माग्नुपर्छ’

 

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले हठात् संसद् अधिवेशन अन्‍त्य गरेर अध्यादेश ल्याइनु गलत भएको प्रतिक्रिया दिएका छन्। बुधबार बिहान सामाजिक सञ्‍जालमार्फत थापाले यसअघि तत्कालीन केपी ओली सरकारले ल्‍याउदा गलत भनेर विरुद्धमा उभिएका कसैलाई पनि आज समर्थन गर्ने हक नभएको टीप्पणी गरेका हुन् ।अहिले अध्यादेशको समर्थन गर्ने भए त्यति बेला विरोध गरेकोमा माफी माग्नुपर्ने उनको भनाइ छ ।

‘संसद् अधिवेशन हठात् अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत,आज गलत,सधैं गलत,’ उनले लेखेका छन् ‘जसले गरे पनि गलत
हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

सोमबार हठात् संसद् अधिवेशन अन्त्य गरेर मंगलबार सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ । जारी भने भइसकेको छैन ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology