संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

NAWALPUR TIMES

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित
1602641576654

२८ असोज, काठमाडौँ । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा मंगलबार राति भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।

सन् २०१८ देखि नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । निर्वाचनमा सहयोग गर्ने सबैमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले धन्यवाद दिएका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology