संखुवासभामा हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २२ गते १४:३९
संखुवासभामा हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर
simrik air Sankhuwasava 1 1024x693 1

२२ वैशाख, काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताए ।

प्रकाशित : २०८० वैशाख २२ गते १४:३९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI