संखुवासभामा बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो

NAWALPUR TIMES

संखुवासभामा बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो
Accident 1231646885259

काठमाडौं । संखुवासभामा बस दुर्घटनामा परेको छ । संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहानै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सातघुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले दिएको जानकारीअनुसार अहिलेसम्म दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला भएको उनले जानकारी दिए ।  घाइते पाँचजनालाई अस्पताल लगिएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।

उनका अनुसार बस सडकबाट निकै तल खसेको छ । क्षति अझै बढी हुन सक्ने उनले जानकारी दिए ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology