शृंखला कब्जा गर्ने नेपालको लक्ष्य

NAWALPUR TIMES

शृंखला कब्जा गर्ने नेपालको लक्ष्य
Nepali Cricket vs Kenya 21661441421 scaled

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले अगाडि छ । आइतबार सम्पन्न तेस्रो खेलमा चार विकेटको विजय हासिल गरेपछि नेपालले २–१ को अग्रता लिएको हो । नेपाल पहिलो खेलमा पनि पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।

दोस्रो खेल हारेसँगै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यसहित केन्या पुगेको नेपाली टोलीलाई धक्का लागेको छ ।

नेपाल र केन्याबीचको खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । घरेलु टोली केन्या आज शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । नेपाल भने एक खेलअगावै शृंखलामाथि पकड जमाउने लक्ष्यमा छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलापछि नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology