शिख्रौली देखि दिव्यपुरी सम्म पर्यटकका लागि नारायणीमा डुङ्गा सफारी

NAWALPUR TIMES

शिख्रौली देखि दिव्यपुरी सम्म पर्यटकका लागि नारायणीमा डुङ्गा सफारी
dunga kawasoti

कावासोती । नवलपुरको शिख्रौलीबाट नारायणीमा पर्यटक लागि डुङ्गा सफारी सुरु हुने भएको छ ।

गैंडाकोट-११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टले नवलपुरको शिख्रौली घाट देखि उत्तरी भंगालो हुँदै दिव्यपुरी सम्म करिब ११ किलोमिटर डुङ्गा सन्चालनको अनुमती पाए सँगै यहाँ आउने पर्यटकले नारायणी नदिमा डुङ्गा सफारीको आन्न्द लिन पाउने भएका छ्न ।

चितवन राष्ट्रिय निकुञ्जले बगैंचा एडभेन्चर रिसोर्टले यहि भदौ १ गते देखि एक वर्षका लागि डुङ्गा सफारीको अनुमती दिएको रिसोर्टका सन्चालक सन्तोष धितालले बताए । धितालका अनुसार रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी नदि को शिख्रौली घाट सम्म र त्यहाबाट करिब ११ किलोमीटर डुङ्गामा सफारी गराएर दिव्यपुरी सम्म पुर्याईनेछ । डुङ्गा सफारी पछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जंगल सफारी समेत गराउने गरेर प्याकेज तयार पारिएको धितालले जानकारी दिए ।धितालका अनुसार होटल होमस्टे तथा पर्यटन व्यवसायी समितिका साझा पहलमा यस क्षेत्रमा डुङगा सफारी सन्चालन गर्न लागिएको हो । यस अघि होटल होमस्टे तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको कोर क्षेत्रमा करीब ५५ किलोमिटर लामो जंगल सफारी सुरु गरिएको छ ।

वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा अस्ट्रेलिया बसेका युवा व्यवसायी सन्तोष धितालले बगैँचा एडभेन्चर रिसोर्टमा लगानी गरेका छ्न ।

गैंडाकोट नगरपालिकाको हर्कपुरमा करिब ८० करोडको यो रिसोर्ट निर्माणको अन्तिम चरणमा छ । यो नेपालमा फरक शैलीको होटल हो । २० वटा कोठा, हल, हरेक रुममा स्विमिङ पुल र बार सहितको यो रिसोर्ट असार दोस्रो साताबाट सञ्चालनमा ल्याइएको छ ।

निर्माणाधीन रिसोर्टलाई स्थानीयले गाडा होटल भन्ने गरेका छन् । कार्ट हाउस (गाडा घर भनेर यसलाई चिनाउन खोजिएको छ । वातानुकुलित यो होटलमा बाहिर र कोठा भित्रको तापक्रममा १२ डिग्री फरक हुने व्यवसायी सन्तोष धितालको दाबी छ । ‘यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो हो’ उनले भने ।

१८ इन्च बाक्लो पर्खाल रहेको यो होटलको भित्री कोठामा एसी जडान नहुने सञ्चालकको भनाइ छ । ‘गर्मीयाममा चिसो रहने र जाडो याममा न्यानो हुने छ’ धितालले भने ‘होटल रहेको स्थानमा अर्गानिक तरकारी उत्पादन गर्न साढे ६ बिघा क्षेत्रफल छ ।’

२ बिघामा बगैंचासहित होटल निर्माण भएको छ । रिसोर्टले साढे ४ बिघा जग्गामा अर्गानिक उत्पादन गरिरहेको छ । धान, तरकारी, मकै, फापर, तोरी र लसुन सबै आफ्नै जग्गामा उत्पादन सुरु गरेको छ । ५ वटा भिल्ला परम्परागत नेपाली गाडा माथि कोठा बनाइएको छ । यहाँ नुहाउने कोठा खुला आकासमुनि, ढुंगेधारायुक्त छ । गाडा घर (होटल कक्ष) माथि छानोको ३० प्रतिशत भागमा सिसा लगाइएको छ । राति सुत्दा त्यहाँबाट जुनतारा देख्न सकिन्छ । होटलको सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ । नारायणगढ बजारदेखि १४ किलोमिटर पश्चिम हर्कपुरमा यो होटल छ । होटलमा बाँसको ढुंग्रामा खाना पकाउने प्रविधि राखिएको छ । होटल सञ्चालकले अहिले नै १० वर्षसम्मलाई पुग्ने बाँस लगाएका छन् । होटलका पाहुनाले खानाखाने थाल, प्लेट, गिलास समेत काठबाट नै बनाइएको छ । फरक शैली र नयाँपन दिन यसो गरिएको सञ्चालक धितालको दाबी छ ।

यहाँ तोरी पेल्ने ढुंगाको कोल समेत राखिएको छ । एकैपटक ५ सय जना राखेर कार्यक्रम गर्न सकिने हल समेत संचालनमा छ । गाडा घर बाहेकका १५ वटा भिल्लामा सनबाथको पनि व्यवस्था छ । होटल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने सञ्चालकको भनाइ छ । यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने संचालकले बताएका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology