शिक्षा विधेयक संसोधन नगरे विद्यालय बन्द गर्ने निजि विद्यालय सन्चालकको चेतावनी

NAWALPUR TIMES

शिक्षा विधेयक संसोधन नगरे विद्यालय बन्द गर्ने निजि विद्यालय सन्चालकको चेतावनी
received 311951024561905

कावासोती । संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले आन्दोलनको घोषणा गरेका छन् ।

प्याब्सन, हिसान र नेसनल प्याब्सन नवलपुरले बिहिबाबार कावासोतीमा संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले निजि विद्यालयका मागलाई नसमेटेको भन्दै केन्द्रले घोषणा गरेको आन्दोलनको कार्यक्रमहरुलाई नवलपुरमा पनि अगाडि बढाउने जानकारी दिएका छ्न ।

शिक्षालाई मर्यादित, व्यवस्थित, प्रविधिमैत्री बनाउँदै आएका निजी विद्यालयहरूको मर्म र योगदानलाई प्रतिकूल असर गर्ने यस्ता विधेयकहरू समयमा नै संशोधन गरी निजी लगानीको संरक्षण सम्बर्द्धनको सुनिश्चित्ता हुने लिखित प्रतिवद्धता सरकारको तर्फबाट जारी नभएमा देशैभरी सञ्चालित विद्यालयहरू बन्द गर्ने कार्यक्रमहरू गर्न बाध्य हुने प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्तरुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

सरकारले साउन २७ गतेसम्म पनि वार्ताका लागि बोलाएन र विधेयक संशोधन गर्ने लिखित प्रतिबद्धता गरेन भने साउन २८ गतेदेखि विद्यालय अनिश्चितकालीन बन्द गरिने उनीहरूले बताएका छन्।

शिक्षा विधेयकमा कम्पनीअन्तर्गत रहेका विद्यालयहरू ५ वर्षभित्र गुठीअन्तर्गत सञ्चालन गर्नुपर्ने र त्यस्ता विद्यालय गैरनाफामुलक हुने उल्लेख छ। यो व्यवस्थामा निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन्।

सरकारले २०५८ सालमा शैक्षिक प्रतिष्ठानबाट चलिरहेका विद्यालयलाई कम्पनी, गुठी वा सहकारीमध्ये एक प्रावधानमा रहने गरी रोज्न भनेको थियो। त्यसबेला निजी विद्यालय कम्पनीमा दर्ता भएका थिए। कम्पनीमा दर्ता भएका ती विद्यालय शिक्षा विधेयकअनुसार अब गुठीअन्तर्गत चलाउने प्रस्ताव भएपछि विरोध भएको हो।

निजी विद्यालयको अस्तित्व नै नामेट हुने गरी सरकारले विधेयक ल्याएको आरोप निजी विद्यालय सञ्चालकहरूको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology