शाखा अधिृकत पदको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउनुः सर्वोच्च

NAWALPUR TIMES

शाखा अधिृकत पदको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउनुः सर्वोच्च
Loksewa psc 1266

सर्वोच्च अदाललते लोक सेवा आयोगले शाखा अधिृकत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशहरू तेजबहादुर केसी र डा कुमार चुडालको सोमबार बसेको संयुक्त इजलासले रिक्त पद पूर्तिका लागि आयोगले गरेको विज्ञापन अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो।

आयोगले २०७६ माघमा ५६० र २०७७ माघमा ११४ गरी ६७४ को पदपूर्तिका लागि विज्ञापन गरेको थियो ।

आयोग विरूद्ध अर्जुन घिमिरेले दायर गरेको रिट निवेदनमा उक्त आदेश भएको हो। कर्मचारी समायोजना गर्दा सघंमा भएका ३४ जना शाखा अधिकृतलाई दरबन्दी नभएको भन्दै स्थानीय तहमा पठाइएको थियो।

रिक्त पद हुँदाहुँदै आफूलाई स्थानीय तहमा पठाइएको र ती ३४ जनाभन्दा पछि आएका संघमा वरिष्ठ हुने भएकाले समानता र प्रशासनिक न्यायको दृष्टिले कानून सम्मत नहुने हुँदा आफूलाई पनि संघमा समायोजना गर्नुपर्ने रिट निवेदकको माग थियो ।

ती ३४ जना शाखा अधिकृतले विज्ञापन हुनुभन्दा अगाडि आफूहरु संघमा नै रहन चाहेको निवेदन दिएको तर त्यसको सुनुवाई नभएको रिट निवेदनमा छ। अदालतले संघमा ती निवेदकको समायोजन नगरी विज्ञान प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology