शशांकको गिरिजा शैली : गृहजिल्ला आएर सभापतिमा लडने घोषणा

NAWALPUR TIMES

शशांकको गिरिजा शैली : गृहजिल्ला आएर सभापतिमा लडने घोषणा
241707496 942634626676447 7979038342418616430 n

सन्जय भट्टराई/नवलपुर
गिरिजा प्रसाद कोईरालाको शैलि पछयाउदै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले गृह जिल्ला नवलपुरआएर पार्टीको १४ महाधिवेशनमा सभापतिमा लडने घोषणा गरेका छन ।

नेपाली कांग्रेस देवचुली नगरकार्यसमितीले निर्माण गरेको बिपि स्मृति भवन उदघाटन गर्न गृह जिल्ला आएका कोईरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापतिमा लडने बताएका हुन ।“नवलपुर मेरो गृह जिल्ला हो, जसरी गिरिजा प्रसाद कोईरालाले गृह जिल्ला मोरङ बाट महत्वपुर्ण घोषणा गर्नु हुन्थ्यो, मैले पनि मेरो गृह जिल्ला नवलपुरबाट सभापतिमा लडने महत्वपुर्ण घोषणा गर्दछु,” कोईरालाले भने ।

कार्यकर्तालाई सम्बोधन गर्दै कोईरालाले आगामी निवार्चन पछि कांग्रेसले बहुमको सरकार बनाउने दाबी गरेका छन । कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको बताउदै कोईरालाले महाधिवेशन पछि कांग्रेस एकजुट हुने र आगामी निर्वाचन पछि कांग्रेसले बहुमतको सरकार बनाउने कोईरालाको दाबी थियो ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology