शनिबार दलदलेमा प्रचण्ड र लिङ्देन आमुन्नेसामुन्ने हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १ गते १८:३२
शनिबार दलदलेमा प्रचण्ड र लिङ्देन आमुन्नेसामुन्ने हुँदै
prachanda lingden

नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन शनिबार एकै समयमा नवलपुरको दलदले आउने भएका छन ।

नेकपा माओवादी केन्द्र नवलपुरले आयोजना गर्न लागेको कार्यकर्ता प्रशिक्षण र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन प्रचण्ड दलदले आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र नवलपुरले जनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुलीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न लिङ्देन दलदले आउन लागेका राप्रपाले जनाएको छ ।

प्रचण्ड ११ बजे र लिङ्देन ११:३० बजे आईपुग्ने कार्यक्रम रहेको दुवै आयोजकले जनाएका छ्न । लिङ्देनले कृष होटल अगाडि रहेको खुल्ला भागमा आयोजना गरिएको कार्यक्रम र प्रचण्डले त्यही नजिकै रहेको सहारा पार्टी प्यालेसमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

प्रकाशित : २०७९ वैशाख १ गते १८:३२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI