व्यवसायी देवकोटाद्धारा १२ सय थान मास्क वितरण

NAWALPUR TIMES

व्यवसायी देवकोटाद्धारा १२ सय थान मास्क वितरण
received 2272068346422242


गोविन्द घिमिरे, गैँडाकोट चैत २०
कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुपमा लिइरहदा नेपाल पनि यसबाट अछुतो छैन्।नेपालमा पनि यो रोगका संक्रमित बिरामी फेला परेका छन्।

यसबाट जोगिनको लागी सहयोग पुग्ने उदेश्यले गैँडाकोटका एक ब्यवसायीले १२ सय थान मास्क सहयोग गरेका छन ।गैँडाकोट नगरपालिका वडा नम्बर १ मा रहेको कालिका तयारी पोशाकका सञ्चालक शम्भु देवकोटाले आज विहान १२ सय थान मास्क उपलव्ध गराएका हुन।

गैँडाकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष हरिप्रसाद सापकोटाको उपस्थितिमा वडाका १० वटै टोल विकास संस्थाका अध्यक्ष एव्म प्रतिनिधिलाई मास्क वितरण गरेको व्यवसायी देवकोटाले बताए।

सामाजिक उत्तरदायित्व निर्वाह गर्न आफुले सहयोग गरेको भन्दै देवकोटाले मुलुक संकटमा रहँदा सबैले आ आफ्नो ठाँउबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

ब्यवसायी देवकोटाले यसअघि पनि विभिन्न समयमा सहयोग गर्दै आएका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology