वैज्ञानिकले फेला पारे डोनट आकारको आकाशगंगा

NAWALPUR TIMES

वैज्ञानिकले फेला पारे डोनट आकारको आकाशगंगा
aCVcYvYHJJwK8OMFExlAOosWPjowj2v8mvXUdJGx

एजेन्सी । वैज्ञानिकहरूको एक समूहले ‘आगोको ब्रह्माण्डीय औंठी’जस्तो एक आकाशगंगा फेला पारेका छन्। जसलाई वैज्ञानिकहरूले खाद्यपदार्थ ‘डोनट’ आकारको आकाशगंगा भनेका छन्।

नयाँ खोजीबाट आकाशगंगाका संरचना कसरी तयार हुन्छन् भन्‍ने बुझ्‍न सहज हुने वैज्ञानिकहरूको भनाइ छ। खगोलविद्हरूका अनुसार यो अतुलनीय दुर्लभ आकाशगंगा हाम्रो आकाशगंगाजस्तै प्रकारको छ।

तर, यसको आकार हाम्रो भन्दा भिन्‍न छ। बीचमा ठूलो प्वाल अर्थात् खाली भाग देखिएको एआरसी सेन्टर अफ एक्सिलेन्स फर अल स्काई एस्ट्रोफिजिक्सले जनाएको छ। उक्त संस्थाका खगोलविद्हरू आकाशगंगाको तस्वीर मात्र खिचेनन्, ११ अर्ब वर्षअघि त्यो कस्तो देखिन्थ्यो भन्‍ने तथ्य पनि केलाउन सफल भएका छन्।

“यसअघि कहिल्यै नदेखिएको यो धेरै उत्सुकता जगाउने वस्तु हो,” अनुसन्धानको नेतृत्व गरिरहेका वैज्ञानिक टियानटियान युआनले भने, “एकै समयमा यो परिचित र अनौठो पनि देखिन्छ।”

‘आर ५५१९’ नाम दिइएको यो आकाशगंगा पृथ्वीबाट ११ अर्ब प्रकाश वर्ष टाढा छ। वैज्ञानिक युआनका अनुसार हाम्रो आकाशगंगा भन्दा ५० गुणा ठूलो छ, यो आकाशगंगा। “यसलाई  रिङ अफ फायर नाम पनि दिन सकिन्छ,” उनी भन्छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology