वृद्धभत्ता खाने उमेर पुगेका १२६ जना उम्मेदवार

NAWALPUR TIMES

वृद्धभत्ता खाने उमेर पुगेका १२६ जना उम्मेदवार
election commission nirbachan aayog

कावासोती । गोरखाको संघीय निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेस (बी.पी.)बाट उम्मेदवारी दिएका टीकादत्त पोखरेलको उमेर ९९ वर्ष पुग्यो । तर, उनी अझै निर्वाचन जित्ने अभिलाषाका चुनावी मैदानमा छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी उमेरमा उम्मेदवारी दिने पोखरेल नै हुन् ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेह्रथुममा उम्मेदवारी दिने युवराम गौतम ८७ वर्षका भए । उनी पनि आगामी मंसिर ४ गतेसम्म निर्वाचन जित्ने ध्याउन्नमा सक्रिय हुनेछन् । निर्वाचन आयोगले उम्मेदवारमाथि दाबी विरोधपछि सार्वजनिक गरेको विवरण अनुसार ८० वर्षभन्दा माथिका उम्मेदवारको संख्या १० छ । महोत्तरी–३ बाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको उमेर ८० वर्ष छ । यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उमेर पनि ८० वर्ष नै हो । उनी बाग्लुङ–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको एकल चुनाव चिन्हबाट निर्वाचन लड्ने महिन्द्रा राय यादव ८५ वर्षका हुन् । उनी सर्लाही–२ बाट उम्मेदवार बनेका छन् ।
काडमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका विष्णुप्रसाद ढकाल पनि ८५ वर्षका छन् । यस्तै पर्सा–१ बाट स्वतन्त्र उम्मेदवार हृदयनारायण प्रसाद बरै (८०), बारा–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कृष्णराज गिरी (८१), कास्की–३ का स्वतन्त्र उम्मेदवार पशुपतिनाथ तिमिल्सिना (८४), डडेलधुराका स्वतन्त्र उम्मेदवार कर्णसिंह रावल (८४) पनि उमेरले निकै पाको उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।

यस्तै ७० देखि ७९ वर्ष उमेरका उम्मेदवार देशभरमा ६९ जना छन् । निर्वाचन आयोगका अनुसार ६८ र ६९ वर्षका उम्मेदवार मात्रै ४७ जना छन् ।

 

६८ वर्ष भन्दा माथिका उम्मेदवारको सूची

 

३० वर्ष मुनिका उम्मेदवार १२६ जना

झापाको निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका विकास राजवंशीको उमेर २५ वर्ष छ । राजवंशीजस्तै २५ वर्ष उमेरका उम्मेदवार २० जना छन् ।

संघीय सांसदका लागि उम्मेदवार हुने योग्यता अनुसार उमेर न्यूनतम २५ वर्षको हुनुपर्छ । वृद्धवृद्धाहरुले उम्मेदवार बन्ने लालसा राखिरहेको बेला युवा उमेर समूहका उम्मेदवार पनि मनग्य देखिएको छ ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार १६५ वटा निर्वाचन क्षेत्रका लागि २ हजार ५३१ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये २९ वर्षसम्मका उम्मेदवारको संख्या १६२ छ ।

त्यसमध्ये ४० भन्दा तलको उमेरका उम्मेदवार ७ सय ८३ जना छन् । यस्तै ४० देखि ६० वर्षसम्मका उम्मेदवारको संख्या १ हजार ३ सय ४६ छ भने ६१ देखि ६७ वर्ष उमेर सम्मका उम्मेदवारको संख्या २७६ छ ।

२५ देखि २९ वर्षसम्मका उम्मेदवार

यो खबर रातो पाटी अनलाईनमा अर्जुन आचार्यले लेखेका छन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology