विश्व किर्तीमान राख्दै एकै घरका तीन दिदीबहिनी सगरमाथाको चुचुरोमा

NAWALPUR TIMES

विश्व किर्तीमान राख्दै एकै घरका तीन दिदीबहिनी सगरमाथाको चुचुरोमा
1620793085032

काठमाडौं। विश्व र्कितीमानको लक्ष्यसहित निस्किएका एकै परिवारका तीन जना दिदीबहिनीहरुले सगरमाथा आरोहण गरेका छन्। उनीहरुले बुधबार बिहान ७ बजे आरोहण गरेका हुन्।सामाजिक सञ्जालमार्फत उनीहरुले सगरमाथा आरोहण गरेका सार्वजनिक गरेका हुन।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी एकै परिवारका तीन दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

तीन जना दिदीबहिनीहरु सहित यो समुहमा ६ जना विदेशीहरु पनि रहेका छन्। उनीहरुले लोबुचे हिमाल आरोहण गरेर सगरमाथा आरोहण गरेर सगरमाथा आरोहण गरेका हुन्।

लोबुचे आरोहण गर्नुभन्दा अगाडि उनीहरुलाई सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सफल आरोहणको लागि शुभकामना दिएर विदाई गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology