विश्वभर पृथ्वीको परिधि भन्दा ३० गुणा बढी तेल र ग्यास पाइपलाइन

NAWALPUR TIMES

विश्वभर पृथ्वीको परिधि भन्दा ३० गुणा बढी तेल र ग्यास पाइपलाइन
gas pipeline

काठमाडौं। पछिल्ला ५० वर्षमा विश्वले दैनिक खपत गर्ने ऊर्जा ६२,९२९ टेट्रावाट प्रति घण्टा (सन् १९६९) बाट बढेर १,७३,३४० टेट्रावाट प्रति घण्टा (सन् २०१९)मा पुगेको छ।

शतकौंसम्म ऊर्जाको मुख्य स्रोतका रूपमा प्रयोग हुँदै आएको कोइलालाई सन् १९६० मा तेल र ग्यासले पछि पारेसँगै यी दुई इन्धन नै ऊर्जाको मुख्य स्रोतका रूपमा रहिआएका छन्।

नवीकरणीय ऊर्जामा भएको प्रगतिको बाबजुद पनि कोइला, तेल र ग्यास लगायतका जीवाश्म इन्धनले अझै पनि विश्वको प्राथमिक ऊर्जा खपतको ८० प्रतिशत हिस्सा ओगटेका छन्।

विश्वभर दैनिक १० करोड ब्यारेल तेल र ६ करोड ब्यारेल ग्यासको प्रयोग हुने गर्छ । एक ब्यारेल बराबर करिब १५० लिटर हुन्छ ।

यतिका ठुलो मात्रामा ऊर्जा ढुवानी गर्न सामान्यतया कार्बन र स्टिलबाट बनेका पाइपलाइनेहरू व्यापक रूपमा प्रयोग गरिन्छन्।

ग्लोबल इनर्जी मनिटरका अनुसार डिसेम्बर सन् २०२० सम्म विश्वका १६२ देशमा २ हजार ३ सय ८१ वटा पाइपलाइनहरु सञ्चालनमा रहेका छन् ।

यी सबै पाइपलाइनको लम्बाइ जोड्दा ११ लाख ८० हजार किलोमिटर पुग्न जान्छ, जुन पृथ्वीको परिधि (४० हजार ७५ किलोमिटर)को ३० गुणा बढी हाे ।

सबै भन्दा बढी अमेरिकामा ९१ हजार ६७ किलोमिटर तेल र ३ लाख ३३ हजार ३ सय ६६ किलोमिटर ग्यास पाइपलाइन रहेको छ ।

यस्तै रुसमा ३८ हजार ४ सय १९ किलोमिटर तेल र ९२ हजार ८ सय ३१ किलोमिटर ग्यासको पाइपलाइन रहेको छ ।

क्यानडामा २३ हजार ३ सय ६१ किलोमिटर तेल र ८४ हजार ६ सय ८२ किलोमिटर ग्यासको पाइपलाइन रहेको छ ।

चीनमा २७ हजार ४ सय ४१ किलोमिटर तेल र ७६ हजार ३ सय ६३ किलोमिटर ग्यासको पाइपलाइन रहेको छ । यस्तै अष्ट्रेलियामा १ हजार ६ सय ३६ किलोमिटर तेल र २३ हजार २ किलोमिटर ग्यास पाइपलाइन रहेको छ।

अमेरिकामा मात्रै विश्वको आधाभन्दा बढी करिब ५१ प्रतिशत तेल र ग्यासको पाइपलाइन रहेको छ । यस्तै करिब २७ प्रतिशत तेल र ग्यासको पाइपलाइन युरोपमा रहेको छ । मध्यपूर्व र अफ्रिकाको हिस्सा ६ प्रतिशत र एसिया प्यासिफिकमा १६ प्रतिशत रहेको छ ।

जलवायु परिवर्तन विरुद्ध लड्न प्रमुख रुपमा जिवाश्म इन्धनको प्रयोग रोक्नु पर्ने भएका बेला पनि यसको प्रयोग उच्च छ । पछिल्ला केही वर्षयता भने, नवीकरणीय उर्जाका रुपमा सौर्य उर्जा, विद्युत र हाइड्रोजन इन्धनको प्रयोग बढिरहेको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology