विश्वभर दुई करोड ५४ लाख कोरोना संक्रमित, साढे आठ लाखले ज्यान गुमाए

NAWALPUR TIMES

विश्वभर दुई करोड ५४ लाख कोरोना संक्रमित, साढे आठ लाखले ज्यान गुमाए
received 402035130687189 1

काठमाडौं, भदौ १४। विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५३ लाख ८२ हजार आठ सय ५० नाघेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ५० हजार पाँच सय ४४ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७७ लाख चार हजार आठ सय ३३ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८७ हजार दुई सय २४, ब्राजिलमा एक लाख २० हजार आठ सय ९६, भारतमा ६४ हजार ६ सय १७ र नेपालमा दुई सय २१ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology