विश्वभर थपिए २१ लाख ६६ हजार संक्रमित

NAWALPUR TIMES

काठमाडौं– विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ६६ हजार ९१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३५ करोड १९ लाख नाघेको छ।

सो अवधिमा १३ लाख १५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ६२७ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिक संक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो समय भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या उच्च छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ९७ हजार भन्दाबढी, फ्रान्समा ३ लाख १ हजार, इटलीमा १ लाख ३८ हजार, बेलायतमा ७४ हजार संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५ हजारभन्दा बढी संक्रमित थपिँदा ४७४ जनाको मृत्यु भएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology