विश्वकै महँगो रक्सी, एक बोतलको पैसाबाटै महँगो कार

NAWALPUR TIMES

विश्वकै महँगो रक्सी, एक बोतलको पैसाबाटै महँगो कार
mahango raksi

सामान्य नेपालीले प्रयोग गर्ने रक्सीको मूल्य प्रति क्वाटर ३००–४०० मानै पाइन्छ । घरको पाहुँना कोठामा सजाउनका लागि केही महँगो मूल्यको रक्सी पनि राख्ने गरिएको पाइन्छ । यसको मूल्य हजारौमा पर्न सक्छ । तर तपाईलाई थाहाँ छ कि विश्वकै महँगो रक्सीको मूल्य कति पर्ला भनेर ? युरोपेली मुलुक हंगेरी प्रमुख पर्यटकिय स्थल टोकजका रक्सी उत्पादकले यस्तो वाइन तयार पारेको छ, जसको मूल्य डेढ लीटरकै साढे ४५ लाख रुपैयाँ पर्छ । यसलाई विश्वकै महँगो रक्सी भनिन्छ ।

यो वाइनको नाम हो इसेन्सिया २००८ डिसेन्टर । यसको विशेषता भनेकै यो सीमित मात्रामा मात्रै उत्पादन गरिन्छ । हालसम्म यसको २० बोतल मात्रै उत्पादन गरिएको छ । यस मध्ये ११ बोतल बिक्री भइसकेको छ ।

‘इसेन्सिया २००८ डिसेन्टर’ को प्याकिङ पनि अत्यन्त आकर्षक रहेको छ । यो रक्सीको प्रत्येक बोतललाई एक चमकदार कालो रंगको बाकसमा राखिएको छ, जसमा एक स्वीच राखिएको हुन्छ । यसलेस बोतललाई थप चमकदार बनाउछ ।

२००८ मा तयार भएको यो रक्सीलाई कयौ वर्षपछि बोतलमा प्याक गरिएको हो । यसलाई बनाउने कम्पनीका जीएम जोल्टन कोवाक्सका अनुसार इसेन्सिया २००८ डिसेन्टर वाइन तयार भएको ८ वर्षपछि बोतलमा प्याकका लागि उत्तम मानिन्छ । यसको एक्सपाइरी समय सन् २३०० हो ।

जोल्टन कोवाक्सका अनुसार यो रक्सीलाई खास मौषममा मात्रै बनाइन्छ र यो एक सानो चम्चा बराबरको उत्पादनका लागि करिब २० किलोग्राम अंगुरको आवश्यकता पर्छ । यसको ३७.५ सेन्टीमीटरको एक बोतलमा ३ प्रतिशत मात्रै अल्कोहल हुन्छ । यसमा अधिकतम ४ प्रतिशत अल्कोहल हुन्छ, जुन अन्य वाइनको तुलनामा बढी हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology