विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल

NAWALPUR TIMES

विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल
1729474978185

कावासोती । आइसिसी विश्वकप लिग-२ मा आज नेपाल अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग नेपाली समय अनुसार राति ९:१५ बजे भिड्ने छ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा हुने खेलमा नेपाल आफ्नो लिग-२ को विग्रदो लयलाई ट्रयाकमा ल्याउने प्रयासमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग-२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो।

लिग-२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी-२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन स्वीप गरेकाले टोल आत्माविश्वासी रहेको छ। यद्यपि, त्यसपछि अमेरिकी ‘ए’ सँगको खेलमा पराजित भएकाले एकदिवसीय खेलको अस्थिर लयले निरन्तरता पाउने हो कि भन्ने चिन्ता भने नेपाली टोलीलाई रहेको छ।

जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ‍स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित भएकाले आयोजकलाई पनि नेपालविरुद्ध जित्दै घरेलु भुमिमा महत्त्वपूर्ण अङ्क हासिल गर्नु पर्ने चुनौती रहेको छ।

नेपालले आज खेल्ने खेल लिग-२ को नवौं खेल हो। यसअघिका आठ खेलमध्ये नेपालले एउटा मात्रै खेल जितेको छ। केवल तीन अङ्क मात्र छ। यस्तोमा अब नेपाललाई हरेक खेल ‘गर या मर’ का रुपमा रहेका छन्।

यस्तो छ नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology