विश्वकप खेल्न अस्ट्रेलिया गएका श्रीलंकाका क्रिकेटर बलात्कार आरोपमा पक्राउ

NAWALPUR TIMES

विश्वकप खेल्न अस्ट्रेलिया गएका श्रीलंकाका क्रिकेटर बलात्कार आरोपमा पक्राउ
16677076161667707616

एजेन्सी : विश्वकप खेल्न अस्ट्रेलिया गएका श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन्।

दानुष्कालाई प्रहरीले पक्राउ गरेसँगै साथीहरूले उनलाई सिड्नीमै छाडेर स्वेश फर्किएको बीबीसीले जनाएको छ।

क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन्।

उनका अनुसार दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए। त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए। तर, टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो।

उनलाई सिड्नीको एक होटलबाट २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology