कावासोती । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालले सिंगापुरविरुद्ध विजयी सुरुवात गर्यो । तर, सँगसँगै नेपाली टीमलाई ठूलो धक्का लागेको छ । टीमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी चोटका कारण केही दिन मैदान बाहिर हुने भएका छन् ।
दीपेन्द्र आजको म्याचअघिसम्म सकुशल थिए । उनलाई प्लेइङ ११ मा समेत समावेश गरिएको थियो । टसपछि मैदानमा अभ्यास गर्ने क्रममा उनलाई गोलीगाँठामा चोट लाग्यो । त्यसपछि उनले खेल्न सकेनन् । दीपेन्द्रको स्थानमा हतारमा विवेक यादवलाई टीममा समावेश गरिएको थियो । यद्यपि, विवेकले बलिङ र ब्याटिङ दुवै गर्न पाएनन् ।
घाइते भएपछि दीपेन्द्रलाई टीयु ग्राउन्डबाट मेडिसिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणको रिपोर्ट सुखद नआएको स्रोतले बताएको छ । डाक्टरहरुले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । स्वास्थ्य परिक्षणपछि उनी वैशाखी टेकेर अस्पतालबाट टीयु ग्राउन्ड आएका थिए । अहिले भीआईपी बक्समा अन्य खेलाडीसँगै ओमान र मलेसियाको म्याच हेरिरहेका छन् ।
प्रकाशित : २०८० कार्तिक १३ गते १४:२८
Facebook Comment