कावासोती । एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको दोस्रो खेल दक्षिण अफ्रिका र इंग्ल्याण्डबिच हुनेछ ।
खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो २:१५ बजे सुरु हुनेछ ।यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ किनभने अङ्क तालिकाको शीर्ष ४ का लागि दौड महत्त्वपूर्ण बनेको छ ।
अन्तिम खेलमा दुवै टोली अप्रत्याशित पराजयको सिकार भएका थिए । दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग पराजित भएको थियो । अफगानिस्तान विरुद्ध इङ्ल्यान्डका ब्याट्सम्यान असफल भएका थिए ।
विश्वकपमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबिच ७ खेल भएका छन्, जसमा दक्षिण अफ्रिकाले ३ र इंग्ल्याण्डले ४ खेल जितेको छ ।
प्रकाशित : २०८० कार्तिक ४ गते ८:२७
Facebook Comment