विभिन्न पार्टी परित्याग गरि हुप्सेकोटमा ७८ जना नेपाली काङ्ग्रेसमा प्रवेश
NAWALPUR TIMES प्रकाशित : २०७८ कार्तिक ६ गते २०:५६
IMG 20211023 151816 scaled
कावासोती । हुप्सेकोटमा विभिन्न पार्टी परित्याग गरि ७८ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।
शनिबार नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँकार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नेकपा एमाले , नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा परित्याग गरि ७८ जना काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँकार्यसमितिका सभापति बलबहादुर रानाको अध्यक्षता एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभाका विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नव प्रवेशीहरुलाई प्रमुख अतिथी लामिछाने र विशिष्ट अतिथी रहेका काङ्ग्रेस महासमिति सदस्य विष्णुकुमार कार्कीले अविर र खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले बाढी पहिरो पछिको प्राकृतिक प्रकोपले जिल्लामा सबै भन्दा धेरै हुप्सेकोट गाउँपालिकामा असर गरेको भन्दै प्राकृतिक प्रकोप बाट आहात भएका हुप्सेकोट बासीको समस्या समाधानका लागि प्रदेश र संघिय सरकार सँग आवश्यक पहल भएको बताए । साथै लामिछानेले काङ्ग्रेसको पालिका अधिवेशनबाट आएको नयाँ नेतृत्वले हुप्सेकोटमा काङ्ग्रेसको संगठन अझै शसक्त बनाउने र आगामी निर्वाचनबाट समेत हुप्सेकोटमा काङ्ग्रेसले फेरि पनि नेतृत्व गर्ने बताए ।
कार्यक्रममा बोल्दै काङ्ग्रेस महासमिति सदस्य एवं नवलपुर क्षेत्र नं २ का प्रत्यासी उम्मेदवार विष्णुकुमार कार्कीले हुप्सेकोटमा काङ्ग्रेस प्रती देखिएको आकर्षणले क्षेत्र नं २ मा काङ्ग्रेस आगामी निर्वाचनमा विजयी हुने बाटोमा रहेको बताए । कार्कीले प्राकृतिक पिडित हुप्सेकोट बासीको समस्या समाधानका लागि आफू निरन्तर लागि परेको बताए ।
कार्यक्रममा काङ्ग्रेस जिल्ला सचीव बालकृष्ण घिमिरे , काङ्ग्रेस महासमिति सदस्य एवं हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवि पाण्डे, नेपाल राष्ट्रिय मगरसंघ का केन्द्रिय अध्यक्ष ओम थापा काङ्ग्रेस क्षेत्र नं २ का सह सभापती जगत कार्की , प्रेस युनियनका केन्द्रिय सल्लाहकार शिव लम्साल, हुप्सेकोट काङ्ग्रेसका निवर्तमान सभापति ओमन सिंह रजाली लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।
Facebook Comment