विन्टर ओलम्पिकको २४औँ संस्करण आजबाट शुरू, ९१ देशका ३ हजार खेलाडी सहभागी

NAWALPUR TIMES

विन्टर ओलम्पिकको २४औँ संस्करण आजबाट शुरू, ९१ देशका ३ हजार खेलाडी सहभागी
Watch Winter Olympics 20181638854865 560x280 1

एजेन्सी : शीतकालीन ओलम्पिक खेलकुद विन्टर ओलम्पिक को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा शुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त हुनेछ । यस पटकको ओलम्पिकलाई अमेरिका लगायत केही पश्चिमा देशहरुले कुटनीतिक बहिष्कार गरेका छन् । चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको भन्दै ती मुलुकहरुले चीनमाथि दबाब बढाउन ओलम्पिकमा कुटनीतिक बहिष्कार गरेका हुन्।

कुटनीतिक रुपमा बहिष्कार गरेपनि ती देशले खेलाडी भने पठाएका छन् । आजबाट शुरु हुने विन्टर ओलम्पिक फेब्रुअरी २० सम्म चल्नेछ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology